४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा कैदीबन्दी र कारगारका प्रहरीमा कोरोना संक्रमण, ३ दिनको निषेधाज्ञा शनिबार सम्म बढाईयो



नेपालगन्ज । अदालतको आदेश बमोजिम बाँकेमा रहेका कैदीबन्दी र तीनका सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको कारोना परीक्षण गरिएकोमा कारागारमा कार्यरत ५ प्रहरी जवान र ७ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल प्रयागशालाबाट आएको रिपोर्ट अनुसार वडा प्रहरी कार्यालयमा कार्यरत १ जना प्रहरी जवान सहित बाँकेमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

अदालतबाट कारागार, बाल सुधार गृह जस्ता संबेदनशील स्थानमा पीसीआर परीक्षण गर्न आदेश आए अनुसार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले गत साउन १८ गते नेपालगन्ज कारागारबाट उनिहरुको स्वाव संकलन गरेको थियो ।

स्वाव संकलन गरी भेरीमा परिक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन । संक्रमित प्रहरी र कैदीलाई कृषि तालिम केन्द्र खजुराको आईसोलेशनमा राख्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिए ।

यसैबिच बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा लगातार बढ्दै जान थालेपछि गत आइतबारदेखि ३ दिनका लागि जारी गरिएको निषेधाज्ञाको समय पनि बढाएर शनिबार रातीसम्म पुर्‍याइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले आइतबारदेखि जारी निषेधाज्ञा शनिबार राती १२ बजे सम्मकालागि थप्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको