१० आश्विन २०८०, बुधबार | September 27, 2023

सडक विस्तार योजनालाई अवरोध गर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्षको घरमा उपमहानगरको डोजर चल्यो



बुटवल । सार्वजानिक सडकको नाममा लागत कट्टा भएको सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरेका बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले आज बिहानै डोजर चलाएर भत्काईदिएका छ ।

उपमहानगरको सडक बिस्तार योजनालाई अवरोध गर्दै अदालत पुगेका हमालको पक्षमा अदालतले फैसला नगरेको लगत्तै उपमहानगरले डोजर चलाएको हो । उपमहागरको वडा नं ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर हमालले घर बनाएका थिए ।

सडकको जग्गा खालि गर्न भन्दै उप महानगरले जारी गरेको सुचनालाई चुनौती दिँदै हमालको नेतृत्वमा एउटा समूह अदालत पुगेको थियो ।

नगरपालिकाले दिएको नक्सा पासलाई आधार बनाएर घन नभत्काउन अन्तरिम आदेश माग गर्दै हमाल नेतृत्वको टोली अदालत पुगेको थियो । तर अदालतले अन्तरिम आदेश जारी नगरेपछि उपमहानगरले सडक कब्जा गरेका घरटहरा भत्काउन थालेको हो ।

कालिकापथलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो।

सडक क्षेत्रका अधिकांश घरहरु हटाएपनि केही घरधनीले अटेरी गर्दै आएका थिए। अटेरी गर्नेहरुको अध्यक्ष हमालले नै नेतृत्व लिएका थिए ।

पटक पटक सडकको क्षेत्राधिकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो।

म्याद भित्र पनि घरधनीले घर भत्काउन अटेरी गरेपछि प्रहरीको सुरक्षामा उपमहानगर पालिका डोजर चलाउन बाध्य भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

कालिकापथलाई वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना अन्तर्गत उपमहानगरले धमाधम काम अगाडि बढाएको थियो ।

उपमहानगरको पूरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाउने योजनालाई प्रदेश सरकारले बजेट ब्यवस्था गर्ने सहमति भएको थियो ।

 

बुटवल उपमहानगरपालिकाले बनाएको योजनामा सडकलाई नमूना सडक बनाउने जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा सडक विस्तारको काम तीन वर्षमा सम्पन्न गर्ने र काम सम्पन्न गर्न झण्डै एक अर्ब खर्च हुने उल्लेख गरिएको छ।

२०५४ सालमै सडकलाई ८२ फुट कायम गर्दै सडक विस्तारको योजना बनाइएको थियो। सडकको जग्गा कब्जा गरिरहेका व्यक्तिहरुको अवरोधकै कारण सडक बिस्तार हुन सकेको थिएन। उपमहानगरको पछिल्लो सुचनालाई भने अधिकांस स्थानीयले सघाउँदै आफै घर भत्काएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : ०१ बजे

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई

Namaste Academy Receives Inspection and Praise from Ofsted Education Inspector

Rupandehi, Nepal, September 27, 2023 – In a significant milestone

कुशल र दीपेन्द्रको कीर्तिमानी व्याटिङमा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी ३१४ रन

काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली