३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

बाढी कुलो बगायो, विद्युत् उत्पादन बन्द



बागलुङ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ ।

पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका–६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ ।

विद्युत् उत्पादनका लागि बनाइएको कुलोभन्दा १०० मिटर माथिबाट खसेको पहिराले कुलो बगाएपछि विद्युत् उत्पादन बन्द भएको आयोजनाका प्रमुख ज्ञानबहादुर श्रीपालीले जानकारी दिए ।

चामीद्वारको खानीखोलामा रहेको खानीखोला लघुजलविद्युत् आयोजनाबाट चामीद्वार, खानीखुरिया, काफँलबोट, काम्लोबोट, कसुङबोट र लाकुमका करिब १६७ घरधुरीले विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् आपूर्ति बन्द भएपछि सबै गाउँमा सञ्चार सेवासमेत प्रभावित भएको छ ।

कुखुरा फार्म, साना कुटानी पिसानी मिललगायतका उद्योगसमेत बन्द भएका छन् । आयोजनाको कुलो मर्मत गर्न २० दिन लाग्न सक्ने श्रीपालीको भनाइ छ । सबै गाउँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । खानीखोलामा हरेक वर्ष बाढी र पहिरोको प्रभाव पर्ने गरेको छ ।

झरी रोकिएपछि जतिसक्दो छिटो कुलो निर्माण गर्ने आयोजनाले जनाएको छ । जिल्लाको निसीखोला, जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा सञ्चालनमा रहेका लघुजलविद्युत्समेत बाढीका कारण प्रभावित छन् ।

अत्यधिक वर्षा हुँदा मुहान बगाउने, प्रसारण लाइनका पोल पहिरोले बगाउने, पाइपलाइनमा बाढी पसेर थुनिनेजस्ता समस्या आयोजनाहरु भोग्दै आएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : ५० बजे

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न