२ पुस २०८२, बुधबार | December 18, 2025

स्तनपान सप्ताहसंगै रोटाखोप बारे तिलोत्तमामा सहजीकरण कार्यक्रम सम्पन्न



तिलोत्तमा । तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज तिलोत्तमा मणिग्राम स्थित नलिनी खोप केन्द्रमा स्तनपान सप्ताह तथा रोटा खोप सम्बन्धि सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको नियमित खोपको उदघाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले बच्चा र आमाको स्वास्थ्यका लागि स्तनपान एकदमै महत्वपुर्ण रहेको बताएकी छिन ।
उनले पछिल्लो समय झाडापखालाको अचुक खोप रोटा खोप समेत बच्चालाई खुवाउनुपर्ने बताइन । स्तनपान सम्बन्धि गलत धारणालाइ चिर्दै सामाजिक एकता बिश्वास र पारिवारिक सुखका लागि स्तनपानको बिशेस महत्व रहेको उनको भनाइ छ ।

तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले स्तनपान र रोटाखोपले बालबालिका मात्रै नभई आमाको स्वास्थ्य र प्रत्यक्ष रुपमा देश बिकाशमा टेवा पुग्ने बताए । उनले स्तनपान अमृत समान नारामै मात्र सिमित नभएर बास्तवमै अमृत रहेको पनि बताए ।

त्यस्तै सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेले पूर्ण सरसफाई प्रबर्धन र पूर्ण खोपको प्रतिबद्दता मा सबैले साथ् दिनुपर्ने बताए । सो कार्यक्रममा स्तनपान र खोपको महत्वका बारेमा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, स्वास्थ्य स्वयमसेविका भगवती पौडेल, स्वस्तिका भण्डारी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ३ : ४६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल