४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरसको संक्रमणबाट ६० जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म ६० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बुधबारसम्म ६० जनाको मृत्यु भएको हो ।
पछिल्लो अद्यावधिक तथ्यांकअनुसार पर्सामा थप दुई जनाको मृत्यु भए छ ।

बुधबार थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुषको साउन २१ गते बिहान ६ बजे निधान भएको मन्त्रालयका प्रवक्ता प्राडा. गौतमले बताए । उनी मधुमेहका रोगी थिए । साउन १९ गते कोरोना अस्पताल भर्ना भएका थिए ।

१९ गते कोरोना परीक्षण गरिएकोमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई आइसोलेसनमा राखिएको थियो ।

यसैगरी पर्साको पोखरिया नगरपालिका–९ घर भएकी १८ बर्षकी युवतीको पनि कोरोनाकै कारण मृत्यु भएको प्रवक्ता प्राडा. गौतमले जानकारी दिए ।

यससँगै पर्सामा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । जसमध्ये १२ जना पर्सा जिल्लाकै मात्र रहेका छन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको