२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु



विराटनगर । बुधबार मृत्यु भएका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विरानगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका एक व्यक्ति र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएका अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार राति अस्पताल भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषकाृ बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो । अस्पतालको आइसोलेसनमा रहेका उनको मृत्युभएको दुई घण्टापछि कोरोना पुष्टि भएको रिपोर्ट आएको थियो ।

सिकिस्त बिरामी भएपछि उपचारका लागि विराटनगर ल्याउँदै गरेका रंगेली नगरपालिका ८ दर्बेसाका ४५ वर्षीय पुरुषको बिहान १० बजे बाटैमा मृत्यु भएको थियो । उनको कोरोना जस्तै लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो ।

दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

यससँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । देशभर मृतकको संख्या बढेर ६२ पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : ०७ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब