४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना पुष्टि, काठमाडौंको कार्यक्रममा सहभागी सबै शंकाको घेरामा



काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यादवलाई कोरोना पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली लगायत संघीय सरकारका गृहमन्त्री लगायत उच्चपदस्थ सरकारी अधिकारीहरु समेत शंकाको घेरामा पुगेका छन् ।

केही दिन अघि यादव गृहमन्त्रालयले आयोजना गरेको प्रहरी समायोजन समन्वय समितिको बैठकमा भाग लिन काठमाडौं आएका थिए ।

त्यस कार्यक्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, प्रहरी महानिरीक्षक लगायत अन्य उच्चपदस्त सरकारी अधिकारीहरु सहभागी रहेका थिए । यसैले यादवको कन्ट्याक्ट ट्रेसिङको सुई उनीहरुसँग पनि पुग्ने देखिएको छ ।

काठमाडौंबाट प्रदेश फर्किएर पीसीआर परीक्षण गर्दा मन्त्री यादवमा कोरोना पुष्टि भएको हो ।

यादवको अवस्था सामान्य छ । यादवसँगै उनका पीएसओ, अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टी जसपाका प्रदेश सभाकी एक सदस्यलाई पनि कोरोना पुष्टि भएको छ ।

प्रदेश २ मा अहिलेसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण कारण प्रदेशमा मात्रै २१ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १० : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको