२० मंसिर २०८२, शनिबार | December 7, 2025

नेकपाको विवाद झन झाङ्गिँदै, फुट्नका लागि साइत कुर्दैछन् शिर्ष नेताहरु



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद मत्थर हुने भन्दा झन बढ्दै गएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता अनिश्चित बन्दा नेकपाकै भविष्य संकटमा पर्दै गएको छ ।

नेताहरुबीच छलफल र संवादमार्फत नमिलेका कुरा मिलाउने भन्दा पनि गुट बैठकको प्रभाव तल्लो तहका कार्यकर्तासम्म पुग्दा नेकपा विवादले पार्टीलाई बिग्रहको बाटोतिर डोर्याइरहेको देखिएको छ ।

बुधबार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुले निकट पत्रकारहरुसँग ओलीको ओलोचना गरे । ओलीले मदनभण्डारी फाउन्डेशनको नाममा तलसम्म समानान्तर पार्टीको अभ्यासलाई झन बढी तिब्र बनाइरहेका छन् ।

एक गुटले अर्को गुटलाई खुइल्याउने गतिविधिमा मात्र शिर्ष नेताहरु संलग्न हुनथालेपछि नेकपाको भविष्य संकटमा पुगेको छ ।

बिहीबार ओलीका विश्वापात्र सुवास नेम्वाङले अध्यक्ष प्रचण्डलाई भेट गरेका छन् । ओलीकै निर्देशनमा नेम्वाङले प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।

झण्डै एक घण्टा खुमलटार बसेका नेम्वाङले बुधबार चार नेताहरुबाट व्यक्त विचारबारे ओलीको असन्तुष्टि सम्प्रेषण गरेका छन् । नेम्वाङले भने दुई अध्यक्षबीच सम्वाद हुनुपर्ने र सहमतिबाटै अघि बताएका छन् । समसामयिक विषयमा कुराकानी मात्र भएको नेम्वाङले बताए ।

नेता नेम्वाङले दुई अध्यक्षबीच छलफल चलिरहेका बेला निकट पत्रकार सम्मेलनमार्फत असन्तुष्टि सुनाउँदा राम्रो सन्देश नगएको उनले बताएका छन् । पार्टी एकता भाँड्न र त्यसका लागि दुई अध्यक्षबीच छलफलै हुन नदिन प्रयास भैरहेको भन्दै नेम्वाङले त्यसमा सतर्क हुन प्रचण्डलाई सुझाव दिएका छन् ।

प्रचण्डले भने ओलीले नै स्थितिलाई भड्काउन लागेको प्रतिक्रिया दिएका छन् । आफ्ना मान्छेलाई सडकमा प्रयोग गर्ने तर पार्टी बैठकको माग गर्दा कोरोना महामारीको त्रास देखाउन, मदन भण्डारी फाउन्डेशनका नाममा तल्लो तहसम्म समानान्तर पार्टी चलाउने गतिविधिले सहमतिको खोजीमा तगारो लागेको प्रचण्डले बताएका छन् ।

विवाद बढ्दै जाँदा दुवै गुटका नेताहरु एकीकृत नेकपा हैन, फुटको नयाँ पार्टीको आन्तरिक अभ्यासमा लागेको प्रष्टै बुझ्न सकिन्छ । एकअर्काप्रतिको विश्वासमा चुँडिनै लागेको त्यान्द्रोमा गाँठो पार्न नसके नेकपाको फुट निश्चित जस्तै देखिएकोछ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : ११ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल