६ आश्विन २०८०, शनिबार | September 23, 2023

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी



बुटवल । दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी रहेको एक कार्यक्रममा वोल्ने सरोकारवालाले जोड दिएका छन् ।

प्रदेश पांँचमा दुर्घटना बढेको र प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उनिहरुले प्रहरी र व्यवसायी बीच सहकार्य गरी अगाडी बढे समस्याको समाधानमा सहजता हुने बताएका छन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले बिहिबार आयोजना गरेको नव आगन्तुक प्रहरी प्रमुखहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी उपरिक्षक डम्बर बहादुर विकले शान्ति सुरक्षासंगै ट्राफिक व्यवस्थापनमा नागरिक समाज र व्यवसायी संघसस्थाहरुको सहयोग आवश्यक रहेको बताए ।

उनले प्रदेशका सबै यातायात व्यवसायीहरुसंग सहकार्य र समन्वय गरी प्रदेशको ट्राफिक व्यवस्थापन र ओभरलोड नियन्त्रणका लागि कार्ययोजना बनाएर अगाडी बढ्ने प्रतिवद्वता व्यक्त गरे ।

समितिका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय गाडिहले बोक्ने ओभारलोडका कारण नेपालका राजमार्गहरु जीर्ण बन्दै गएको र यातायात व्यवसायीको व्यवसाय चौपट भएको भन्दै ओभरलोड नियन्त्रणका लागि सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोरले सवारी दुर्घटना न्यूनीकरणका लागि गुडीरहेको अवस्थामा सवारी साधन विग्रिदा सडकबाट सुरक्षित स्थानमा पार्किङ गराउनेतर्फ व्यवसायीहरु सचेत हुन जरुरी रहेको औल्याए ।

पांँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले छाडाचौपाया यस क्षेत्रका लागि विकराल समस्या देखिएकाले स्थानीय तहहरुले त्यसको व्यवस्थापनका लागि कार्ययोजना बनाउनु पर्नेमा जोड दिए ।

समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र महासचिव जीतबहादुर भाटले सवारी दुर्घटना तथा ओभरलोड बोकेका सवारी साधनहरुलाई कसैको दवावमा परेर यथार्थता भन्दा फरक तरिकाले अनुसन्धान नगर्न प्रहरी प्रसाशनलाई आग्रह गरे ।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष टिकाराम गौतम, समितिका उपाध्यक्षद्वय डिल्ली रिजाल, खिमबहादुर थापा, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरिप्रसाद रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले ओभरलोड नियन्त्रणका लागि प्रहरी प्रसाशनको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ३ : २० बजे

क्यानले पायो नयाँ कार्यसमिति, उपप्रधानमन्त्री खड्काको बधाई तथा शुभकामना

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : यस्तो रहनेछ प्रचण्डको ब्यस्तता

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच

बारामा बोल्न नसक्ने बालिका बलात्कृत

बारा । बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् ।

Prime Minister Prachanda, Chinese President Xi meet

Beijing: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ who arrived here