४ पुस २०८२, शुक्रबार | December 20, 2025

बिहीबार थपिए ३६० जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै थपिए ७६ जना



काठमाडौं । बिहीबार कोरोना भाइरसका ३६० जना नयाँ संक्रमित थपिएका छन् ।

६ हजार ६२२ जनामा गरिएको पीसीआर परीक्षणमा ३६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौंका मात्रै ७६ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरका १० जना र भक्तपुरका १ जनामा गरी काठमाडौं उपत्यकामा ८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९६ जना रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २३३ जना व्यक्ति निको भएर घर फर्किएका छन् । हालसम्म १५ हजार ३८९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

देशभर रहेका क्वारेन्टिनमा ९ हजार ४७० जना व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ४ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको