१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कोरोना हटस्पट पर्सामा फेरि दुई जनाको मृत्यु, थप १ सय ४२ जनामा संक्रमण पुष्टि



वीरगन्ज । देशकै प्रमुख आर्थिक नगर वीरगन्ज कोरोना भाइरसको संक्रमणबाट नराम्रो गरी प्रभावित भएको छ ।

नेपालमा कोरोना भाइरसबाट हुने मृत्युको इपिसेन्टर बनेको वीरगन्ज र पर्सामा मृत्युदर निरन्तर बढिरहेको छ ।

पर्सामा शुक्रबार थप दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ७९ वर्ष र ५७ वर्षका दुई पुरुषको मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

७९ वर्षीय वृद्धको घरमै मृत्यु भएको र ५७ वर्षीय अर्का पुरुषको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो । मृत्युको औपचारिक पुष्टि भने अस्पतालले गरिसकेको छैन ।

पर्सामा मृत्यु दर जति बढी छ त्यो भन्दा बढी कोरोना भाइरसको संक्रमण दर रहेको छ ।

शुक्रबार बिहान सम्मको तथ्यांकमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९ वर्ष र ५७ वर्षका दुई मृतक सहित १४२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालयका थुनुवा मात्रै रहेका छन् । संक्रमित मध्ये २२ जना महिला रहेका छन् ।

संक्रमितमध्ये ३ जना बारा र ४ जना रौतहटका रहेका छन्, बाँकी संक्रमित सबै पर्साका हुन्। ८ वर्षका बालकदेखि ७९ वर्षका वृद्धसम्मलाई संक्रमण लागेको छ ।

यउटै जिल्लामा २४घण्टाभित्र यति धेरै संक्रमण बढेको यो नै पहिलो घटना हो । यसैगरी वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका थप ३ जना सदस्यलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ०२ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको