१६ माघ २०८२, शुक्रबार | January 31, 2026

कोरोना हटस्पट पर्सामा फेरि दुई जनाको मृत्यु, थप १ सय ४२ जनामा संक्रमण पुष्टि



वीरगन्ज । देशकै प्रमुख आर्थिक नगर वीरगन्ज कोरोना भाइरसको संक्रमणबाट नराम्रो गरी प्रभावित भएको छ ।

नेपालमा कोरोना भाइरसबाट हुने मृत्युको इपिसेन्टर बनेको वीरगन्ज र पर्सामा मृत्युदर निरन्तर बढिरहेको छ ।

पर्सामा शुक्रबार थप दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ७९ वर्ष र ५७ वर्षका दुई पुरुषको मृत्यु भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

७९ वर्षीय वृद्धको घरमै मृत्यु भएको र ५७ वर्षीय अर्का पुरुषको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो । मृत्युको औपचारिक पुष्टि भने अस्पतालले गरिसकेको छैन ।

पर्सामा मृत्यु दर जति बढी छ त्यो भन्दा बढी कोरोना भाइरसको संक्रमण दर रहेको छ ।

शुक्रबार बिहान सम्मको तथ्यांकमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७९ वर्ष र ५७ वर्षका दुई मृतक सहित १४२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालयका थुनुवा मात्रै रहेका छन् । संक्रमित मध्ये २२ जना महिला रहेका छन् ।

संक्रमितमध्ये ३ जना बारा र ४ जना रौतहटका रहेका छन्, बाँकी संक्रमित सबै पर्साका हुन्। ८ वर्षका बालकदेखि ७९ वर्षका वृद्धसम्मलाई संक्रमण लागेको छ ।

यउटै जिल्लामा २४घण्टाभित्र यति धेरै संक्रमण बढेको यो नै पहिलो घटना हो । यसैगरी वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका थप ३ जना सदस्यलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ०२ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी