७ आश्विन २०८३, बुधबार | September 23, 2026

गलत समूहको रगत दिँदा सुत्केरी महिलाको मृत्यु, चिकित्सक पक्राउ



जनकपुर । जनकपुरमा एक सुत्केरी महिलालाई अर्कै समुहको रगत चढाएपछि मृत्यु भएको छ । रेडक्रस सोसाईटी जनकपुर शाखाले नमुना परीक्षण नै नगरी दिएको रगत रामजानकी अस्पतालले चढाउँदा महोत्तरी गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुर बस्ने २२ वर्षीया गंगादेवी महतोको मृत्यु भएको हो ।

शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो । तर महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकामा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको आफन्तले बताएका छन् ।

महिलाको रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो । रक्तसंचार केन्द्रले ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउँदा ती महिलाको मृत्यु भएको हो ।

‘हामीले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।’

यसबारे गम्भीर छानबिन हुने बताउँदै प्रजिअ भट्टराईले दोषी देखिनेलाई कारवाही हुने बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ५२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११