१४ आश्विन २०८०, आइतबार | October 1, 2023

रामग्राम नगरपालिकाको कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल



पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिका सिल गरिएको छ ।
रामग्राम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शुक्रबारदेखि सिल गरिएको हो ।

जिल्लाको सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नं। १८ का एक जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्मका लागि नगरपालिका सिल गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताए ।

सिल गरिएको समय अवधिभर कार्यालय पूर्णरूपमा बन्द रहने छ । त्यसै गरि सुनवल नगरपालिकामा ७७ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

अन्य स्थानीय तहमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ४५ बजे

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।