७ आश्विन २०८३, बुधबार | September 23, 2026

रामग्राम नगरपालिकाको कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल



पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिका सिल गरिएको छ ।
रामग्राम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शुक्रबारदेखि सिल गरिएको हो ।

जिल्लाको सदरमुकाम परासीमा रहेको नगरपालिका क्षेत्रमा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । जसमा नगरपालिकाका एक कर्मचारी र वडा नं। १८ का एक जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कर्मचारीमा पोजिटिभ देखिएपछि साउन मसान्तसम्मका लागि नगरपालिका सिल गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताए ।

सिल गरिएको समय अवधिभर कार्यालय पूर्णरूपमा बन्द रहने छ । त्यसै गरि सुनवल नगरपालिकामा ७७ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

अन्य स्थानीय तहमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई