९ आश्विन २०८०, मंगलबार | September 26, 2023

नेपालमा शुक्रबार कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो



काठमाण्डौं । नेपालमा शुक्रबार कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्सा ३, सिराहा र सर्लाहीका १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको २२ साउनमा भक्तपुरमा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारत उनको मृत्यु भएको हो ।

यस्तै, वीरगञ्ज-११ का ७९ वर्षीय पुरुष र ५९ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ७९ वर्षीय पुरुषको घरमै मृत्यु भएको थियो । स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सिराहा गोलबजारका २५ वर्षीय पुरुषको धरानको बीपी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै सर्लाहकी ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा आजै मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : ४२ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा