२१ भदौ २०८३, आइतबार | September 6, 2026

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा



काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

रोमाञ्चक सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५ औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम चरणमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको ८५ औँ मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको निर्णायक क्षणमा लौतारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई २-१ को रोमाञ्चक जित दिलाए ।

यस हारसँगै इंग्ल्यान्डको ६० वर्षपछि विश्वकप फाइनल पुग्ने सपना अधुरै बनेको छ । सन् १९६६ मा एकमात्र विश्वकप उपाधि जितेको इंग्ल्यान्ड फेरि एकपटक सेमिफाइनलमै रोकिएको हो ।

जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ । अब अर्जेन्टिनाले उपाधिका लागि फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ३ : ०० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका