२ पुस २०८२, बुधबार | December 18, 2025

सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकतामा राखेको छ : शिक्षामन्त्री पोखरेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोभिड १९ को संक्रमण बढ्दै गएकोले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा मातहत शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमण बढ्दै गएकोले प्रत्यक्ष कक्षा कोठामा उपस्थिति भएर पठन पाठन गराउने अवस्था नभएकोले सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले वर्तमान अवस्था जटिल भएकोले असामान्य ढंगले नै सिकाई र बुझाईका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । बन्दको समयमा विभिन्न बैकल्पिक माध्यमबाट गरिएको सिकाई शैक्षिक सत्रसंग जोडिने र शैक्षिक सत्रको गणना हुने जानकारी गराउदै सोही अनुसार बैकल्पिक सिकाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

उनले लामो समय देखि स्कुलहरु बन्द भएकोले पठन पाठन प्रभावित रहेको तर्फ सरकार सचेत र गम्भीर भएको बताए । उनले शिक्षा कार्यालयहरुलाई संक्रमणको केन्द्र बन्न नदिन सरकार सचेत रहेको बताए ।

मन्त्री पोखरेलले सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन महिना भित्र स्कुल पुग्न निर्देशन दिएको बताए । पठन पाठन सुरु नभएको अवस्थामा सरकारी शिक्षकहरुलाई स्कुल पुग्नैपर्ने निर्देशनको विरोध भईरहेका बेला मन्त्री पोख्रेलले सो निर्देशनलाई सरकारले पूर्नविचार नगर्ने स्पष्ट पारे ।

यस्तै निजी विद्यालयहरुलाई राज्यले भिन्न ढंगले हेर्न नसक्ने मन्त्री पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ३१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल