७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रदेश नम्बर २ मा ५० सुरक्षाकर्मीसहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि



जनकपुर । प्रदेश नम्बर २ मा ५० सुरक्षाकर्मीसहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । त्यस्तै सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा ९, बारामा ५ र रौतहटमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा वीरगंज महानगरपालिकाका वडा नं. २ देखि २१ सम्मका ४२ जना, खल्ववाटोल, सिरिसिया, वीरगंज वडा नं. २५ का २७ जना, वीरगंज चिनी मिलका ४ जना, वीरगंज कारागारका २ जना, जिल्ला प्रहरी कार्यालय वीरगंजका ४५ जना, नेसनल मेडिकल कलेज वीरगंजका १ जना, पर्सागढी नगरपालिकाका २ जना, श्रीपुर आर्मी ब्यारेकका ५ जना, भेटरिनरी अस्पताल वीरगंजका १ जना, डाउँ नखुलेका ३ जना र तराई होस्पिटलमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरीमा राजविराज नगरपालिकामा ६ जना, तिलाठी कोईलाडी गाउँपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा ३ जना, महादेवा गाउँपालिकामा ४ जना, रुपनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

धनुषामा जनकपुरधाम उपमहानगरपालिकामा ७ जना, शहिदनगर नगरपालिकाको क्वारेन्टिनमा २ जना र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीमा ईश्वरपुर नगरपालिकाका ६ जना, खानेपानी तथा सरसफाई डिभिजनका १ जना र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बारामा कलैया उपमहानगरपालिकाका १ जना, परवानीपुर गाउँपालिका लिपनीमाईका १ जना, च्युताहा (हाल एनएमसीमा कार्यरत) १ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका १ जना र परसुरामपुर, बारा (हाल राधेमाई टोल, वीरगंजमा) १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । रौतहटमा ईशनाथ नगरपालिकाका ३ जना र गौर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ९ महिला सहित ४९ जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै यस प्रदेशमा निको हुनेको संख्या ३ हजार ३ सय ४ पुगेको छ भने हाल सम्म २५ जनाको कोरोनाको कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

हालसम्म पर्साका १६ जना, बारा, रौतहट र सप्तरीमा दुई/दुई जना, धनुषा, महोत्तरी र सिरहामा एक/एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई