२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि, तीन दिनका लागि नेपालगञ्ज उपमहानगर ‘सिल’



नेपालगन्ज । बाँकेमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको पीसीआर परीक्षणमा बाँकेका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएका ३ सय १२ नमूना परीक्षणमा बाँके, बर्दिया र रुकुमका ५१ जनरुमा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यस्तै बर्दिया र रुकुमका एकएक जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै बाँकेमा निषेधाज्ञा मंगलबार राति १२ बजेसम्मका लागि थप गरिएको छ । यसअघि शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिए पनि संक्रमितको संख्या बढेपछि मंगलबार रातिसम्मका लागि थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको चारै किल्ला सिल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रुपमा नेपालगञ्जलाई भोली शनिवारदेखि सिल गर्न लागेको हो ।

शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले साउन २४ गते राती १२ बजेदेखि श्रावण २७ गते राती १२ बजेसम्मकालागि नेपालगञ्जका उपमहानगरका चारै किल्ला सिल गर्ने निर्णय गरेको हो ।

सो अवधिमा नेपालगञ्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबाहन र दमकलबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाईएको छ । साथै हिँडडुल तथा ब्यवसाय सञ्चालनमा समेत पूर्णतयः निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्णरुपमा शील गर्न लागिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ०६ बजे

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच