२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

रक्षामन्त्री ईश्वर पोखरेल केहि मन्त्री सहित शीतल निवासमा



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल केहि मन्त्रीहरुलाई लिएर राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्।

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारमा सरकारबाट भएरगरेका काम कारवाहीबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउन मन्त्रीहरु लिएर पोखरेल शीतल निवास पुगेका हुन्।

उपप्रम पोखरेलको अगुवाईमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहतिको टोलि शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई कोभिड-१९ महामारीविरुद्ध सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रीहरुको कुरा सुनेपछि राष्ट्रपतिले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको बताएकी थिईन् ।

राष्ट्रपति भण्डारीले हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा पनि चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी छन्।

उनले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गरिन्।

यस अघि सरकारका काम कामकारवाहिका बिषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने गरिएकोमा आज भने उप प्रधानमन्त्रीले मन्त्रीहरुको टोलि नै साथमा लिएर शितल निवास पुगेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ०८ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका