७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : देशभर सामान्य बदली, केहि स्थानमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको छ ।

प्रदेश नं २ र प्रदेश नं ५ का केहि भु–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज रातीबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्ने सम्भावना देखिएकाले दुई, तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र केही स्थानहरुमा भारी वर्षा हुने संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज विहान ३ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी बर्षा भएको र अझै वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

त्यसैगरी आज विहान २ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा बाह्रबिसे र आसपासका क्षेत्रमा भारी बर्षा भएको र अझै वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११