५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : देशभर सामान्य बदली, केहि स्थानमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको छ ।

प्रदेश नं २ र प्रदेश नं ५ का केहि भु–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज रातीबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्ने सम्भावना देखिएकाले दुई, तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र केही स्थानहरुमा भारी वर्षा हुने संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज विहान ३ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी बर्षा भएको र अझै वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

त्यसैगरी आज विहान २ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा बाह्रबिसे र आसपासका क्षेत्रमा भारी बर्षा भएको र अझै वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ०४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता