४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय नागरिकसहित दुई जनालाई कैद



हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले ती दुई भारतीयलाई दण्डसजायँ सुनाएको हो ।

भारतको विहार राज्यको मोतिहारीका १८ वर्षीय जाकेर आलम तथा रौतहटका चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय आशनारायण यादवलाई जनही दुई वर्ष कैद सजाय र एक लाख रकम दण्ड गर्ने फैसला गरेको छ ।

ती दुवै अभियुक्तलाई मकवानपुर प्रहरीले गत असोज ७ गते ना ३३ प २६१० नंको मोटरसाइकलमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको अवस्थामा लागुऔषध नाइट्रोजन १६५ वटा प्याकेटसहित प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।

मोटरसाइकल धनीलाई झुक्याएर अन्य कामको प्रयोगका लागि मोटरसाइकल लिएर हेटौँडातर्फ आएको हुँदा उक्त मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता दिने गरी फैसला भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : २२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज