७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

बुटवलमा वैधानिक मेडिकल खोलेर अवैधानिक औषधी बेच्ने फार्मेसी संचालक पक्राउ



बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक कार्य गरेको अभियोगमा एकजना फार्मेसी संचालकलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । कालिकापथमा संचालनमा रहेको बैदवार फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधी बिक्री वितरण गर्ने गरेको र नेपालमा प्रतिबन्धित विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको अभियोगमा फार्मेसी संचालक कमलबहादुर बिकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

चिकित्सको सिफारिस बिना बिक्रि गर्न प्रतिबनध लगाइएको पेट दुख्दा खाने औषधि डाईसाकोमिन र प्रिगावलेन नामका दुई औषधि मिलाएर लागुऔषध प्रयोगकर्तालाई बिक्री गरेको भन्ने सूचनाका आधारमा बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेर पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजय राज पण्डितले बताए ।

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागुऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको उजुरीका आधारमा पक्राउ गरिएको डीएसपी पण्डितले बताए । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि बरामद समेत गरेको छ ।

पक्राउ परेका बिकलाई औषधी व्यवस्था कार्यालय पठाउन तयारी भएको पनि उनले बताए । प्रहरीले बिक सहित केही लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १२ : ०५ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत