८ बैशाख २०८१, शनिबार | April 20, 2024

एनआरएनए वक्तृत्वकला प्रतियोगितामा २७ देशका ६० जनाले प्रतिस्पर्धा गर्दै, कान्छी प्रतियोगी बेलायतकी टिया आचार्य



लन्डन । गैरआवासीय नेपाली संघको आयोजनामा हुने एक अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा बेलायतको तर्फबाट टिया आचार्यले प्रतिस्पर्धा गर्ने भएकी छन् ।

भोलि आइतवार हुने प्रतियोगितामा २७ देशका ६० जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षीया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिक क्षेत्रको युथ फोरमले आउँदो आइतबार आयोजना गर्ने विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजकले बताएको छ ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणी पोखरेलका अनुसार १९ वर्ष मुनिका २७ देशबाट ६० जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

‘माई ड्रिम फर नेशन’ (मेरो देशको लागि सपना) शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगीका लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन् ।

विदेशमा हुर्किदै गरेको नयाँ पुस्तालाई एनआरएनए अभियानमार्फत् नेपालसँग जोड्न कार्यक्रम फलदायी हुने उपसंयोजक पोखरेलको विश्वास छ ।

प्रतियोगितमा सञ्चारकर्मी समा थापा, हाँस्य कलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल निर्णयक मण्डलमा छन् ।

यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछानेलाई समेत विषेश अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रको युथ फोरमका संयोजक दिपक कंडेलले प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रतियोगिता सफलताका लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले शुभकामना सन्देश पठाएका छन् ।

यस्तो छ प्रतियोगिहरुको नामावली

१  नौलाखा उमंग – म्यानमार
२  अभिलाषा खतिवडा – म्यानमार
३  षमुएल गुरूङ – मकाउ
४  दुर्गा रंजीत कुमार क्षेत्री – मलेशिया
५  सुहिम थापा – नाइजेरिया
६  वीनिषा थापा – मलेशिया
७  आर्मिंडा देवकोटा – मोरक्को
८  अंशिका बस्नेत – युगान्डा
९  हर्ष भण्डारी – बोत्सवाना
१०  पवन भण्डारी – युगान्डा
११  श्रेया बम – युगान्डा
१२  मिम्ती गुरूङ-  मलेशिया
१३  सुप्रिया गिरी – सिंगापुर
१४  टिया आचार्य –  युके
१५  अक्रिश भण्डारी – केन्या
१६  पुजन खत्री – जापान
१७  रिसव्चान्द्र आचार्य –  जापान
१८  लोनिभा महर्जन – जापान
१९  संयोग आले  – सिंगापुर
२०  जस्मिन सयद –  साउदी अरेबिया
२१  क्रिस्टिना सिग्देल  -स्पेन
२२  कृतिका रावत –  बहराईन
२३  निशान्त खत्री – बहराईन
२४  आयशा अर्याल- साउदी अरेबिया
२५  दीक्षा थापा – साउदी अरेबिया
२६  दंग तिमिल्सिना (सजना) – थाईल्याण्ड
२७  श्रेया पोखरेल – क्यानाडा
२८  गायत्री शर्मा – पोर्तुगल
२९  स्मिद गैरे – इटाली
३०  करण दाहाल – थाईल्यान्ड
३१  दिव्या धिताल – थाईल्यान्ड
३२  कुञ्जन बोहरा – अष्ट्रिया
३३  समीरा केसी – रूस
३४  बिक्रम केसी – रूस
३५   सब्यता शर्मा – क्यानाडा
३६  समा सिद्दिकी – युएई
३७  साक्षी भट्टराई – युएई
३८  सुप्रिया घिमिरे – संयुक्त राज्य अमेरिका
३९  देव ढकाल – अस्ट्रिया
४०  प्रिन्सेस पाखा
४१  निर्जला कोइराला – दक्षिण कोरिया
४२  मिशन शर्मा – स्पेन
४३  रिषी अधिकारी – युएई
४४  आइशा सिटौला – दक्षिण कोरिया
४५  रिजु पौडेल – अस्ट्रेलिया
४६  परिणीति गुप्ता – आयरल्यान्ड
४७  उन्नती गौतम – आयरल्यान्ड
४८  दिव्या ढकाल – अस्ट्रिया
४९  आयुष्मा गैरे – पोर्तुगल
५०  मानसी खरेल – पोर्तुगल
५१  जीया हमाल – कतार
५२  रोमिन गैरे – कतार
५३  युनिक भण्डारी – कतार
५४  आर्यना राई – हङकङ
५५  प्राथना थापा – चीन
५६  युजन क्षेत्री (ज्ञवाली)- चीन
५७  रोजी थापा – हङकङ
५८  आयुष कँडेल – क्यानाडा
५९  स्वरूप काफ्ले – आयरल्यान्ड
६०  मनिषा कँडेल- स्कटल्याण्ड

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ४ : ५८ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा