१ मंसिर २०८२, सोमबार | November 18, 2025

समुदायस्तरको संक्रमण बढेपछि नेपालगन्ज उपमहानगरका कैयौं क्षेत्र सिल



नेपालगन्ज । समुदायस्तरमा कोरोना संक्रमण तिब्र बनेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका अधिकांश क्षेत्र सिल गरिएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि आगामी साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको हो ।

नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन सिल निश्चित क्षेत्रलाई सिल गर्नुपरेको कुरुम्वाङ्गले बताए ।

शनिबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ सिल गरेको हो ।

यसैगरी,  रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र पनि सिल गर्ने निर्णय भएको छ।

त्यसक्षेत्रमा सेनासहितका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ ।

सिल गरिएको क्षेत्रमा पैदल हिँडडुलमा समेत निषेध गरिएको छ । एम्बुलेन्स, दमकल र शववाहन जस्ता साधन भने चल्न पाउनेछन् ।

बैठकले साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई समेत साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ ।

निषेधाज्ञा मात्र जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ ।

बाँकेमा शनिबार मात्रै ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३३ बजे

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको

काठमाडौं अवतरण हुन नसक्दा नेपाल वायुसेवा निगमका जहाज अव भैरहवा ‘डाइभर्ट’ हुने

काठमाडौं । विभिन्न कारणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ

नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत