१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

समुदायस्तरको संक्रमण बढेपछि नेपालगन्ज उपमहानगरका कैयौं क्षेत्र सिल



नेपालगन्ज । समुदायस्तरमा कोरोना संक्रमण तिब्र बनेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका अधिकांश क्षेत्र सिल गरिएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि आगामी साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको हो ।

नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन सिल निश्चित क्षेत्रलाई सिल गर्नुपरेको कुरुम्वाङ्गले बताए ।

शनिबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ सिल गरेको हो ।

यसैगरी,  रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र पनि सिल गर्ने निर्णय भएको छ।

त्यसक्षेत्रमा सेनासहितका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ ।

सिल गरिएको क्षेत्रमा पैदल हिँडडुलमा समेत निषेध गरिएको छ । एम्बुलेन्स, दमकल र शववाहन जस्ता साधन भने चल्न पाउनेछन् ।

बैठकले साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई समेत साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ ।

निषेधाज्ञा मात्र जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ ।

बाँकेमा शनिबार मात्रै ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : ३३ बजे

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा

आज साउने सङ्क्रान्ति : स्नान, दान र शिव आराधनासहित देशभर मनाइँदै

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र