२० आश्विन २०८३, मंगलबार | October 6, 2026

संक्रमित गर्भवतीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र नर्सिङबाटै स्वास्थ्य सेवा सुचारु



नेपालगन्ज । भेरी अस्पतालमा कोरोना पुष्टि भएकी गर्भवतीको ‘क्लोज कन्ट्याक्ट’मा सेवा दिएका नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिन नपठाई पुनः काममा लगाईएपछि अन्य प्रसुति गराउन आएका गर्भवतीहरु जोखिममा परेका छन् ।

शनिबार कोरोना पुष्टि भएर मेडिकल कलेज रिफर गरिएकी गर्भवती महिलाको उपचारमा संलग्न नर्सिङ र स्वास्थ्यकर्मी कसैलाई पनि क्वारेन्टिन पठाईएको छैन । संक्रमित लगेको केहिबेर काम रोकेर प्रसुति कक्षलाई सेनेटराईज गरि अस्पतालले तुरुन्तै सेवा सुचारु गरेको छ ।

संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा आएका जो कसैलाई क्वोरेन्टिनमा राखिने स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएपनि भेरी अस्पतालले भने संक्रमितको उपचारमा संलग्न कर्मचारी, नर्सिङ तथा स्वास्थ्यकर्मीलाईनै सेवामा लगाईरहेको छ ।

संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्कर्मी र नर्सिङस्टाफबाट डेलिभरी र उपचारका लागि आउने अन्य गर्भवती महिलाहरुमा जोखिम बढेपनि अस्पताल प्रशासनले भने गम्भिरता प्रदर्शन गरेको छैन । यस सम्बन्धमा बुझ्न अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापालाई फोन गर्दा उनको मोबाईल उठेन ।

संक्रमितको उपचारमा रहेका स्वास्थ्कर्मीहरुले आफहरुलाई क्वारेन्टिन पठाउने बिषयमा अस्पताल प्रशासनले कुनै जानकारी नदिएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ११ : १० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११