१५ मंसिर २०८०, शुक्रबार | December 1, 2023

कोरोना उपचारमा नेपाललाई सफलता, ७२ प्रतिशत संक्रमित निको



काठमाडौं । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा-कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन् ।

सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ । ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन् । जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन् । १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् ।

मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ । संक्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन् । यहाँसम्म आइपुग्दा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ । केहीअघिसम्म निको हुनेभन्दा संक्रमित बढी थिए ।

असार १ गते १ हजार ४१ संक्रमित निको भई डिस्चार्ज भएका थिए । त्यसको दुई साताभित्र निको हुनेको संख्या दोब्बर वृद्धि भएको थियो । असार १५ गते ३ हजार १ सय ३४ जना घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असार २८ गतेसम्ममा ८ हजार १ सय ४७ जना संक्रमणपछि डिस्चार्ज भएका थिए । जब कि त्यस दिनसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय ८९ थियो ।

कुनै न कुनै स्वास्थ्य समस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र कोरोना संक्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् । ‘रोग प्रतिरोधात्मक क्षमता अति न्यून भएकाको मात्र कोरोनाका कारण ज्यान जाने सम्भावना देखिएको छ’, डा. राजभण्डारीले भने ।

साउन पहिलो साता पुग्दा भने कोरोना संक्रमणभन्दा डिस्चार्ज हुनेकै संख्या धेरै भइसकेको थियो । साउन १ गतेको विवरणअनुसार ६ हजार ५६ जना सक्रिय संख्या छ। त्यस अवधिमा ११ हजार २ सय ४९ जना निको भएका थिए । साउन १५ गते निको हुनेको संख्या १२ हजार ६ सय ८४ थियो ।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारीका अनुसार असार २८ देखि सक्रिय संक्रमितभन्दा निको हुने दर बढेको हो । पीसीआर जाँचमा पोजेटिभ देखिएको र पोजिटिभ नै रहेको (निको नभइसको) अवस्थालाई सक्रिय केस भनिन्छ । डा. तिवारी भन्छन्, ‘सक्रिय केस पनि बढिरहेका छन् । कसरी घटाउने भन्ने सरकारको चुनौती हो ।’

१६ हजार डिस्चार्ज

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ९ सय ४२ छ । प्रदेश २ बाट तीन हजार ३ सय २६ र बाग्मती प्रदेशबाट ६ सय यसैगरी गण्डकी १ हजार ४ सय ४१ र प्रदेश ५ बाट चार हजार १ सय ७९ डिस्चार्ज छन् । कर्णाली प्रदेशमा १ हजार ८ सय ७ र सुदूरपश्चिममा ३ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् ।

सातैवटा प्रदेशबाट १६ हजार ३ सय १३ जना निको भइसककेका छन् । मुलुकमा चार लाख ३५ हजार २ सय ८९ पीसीआर परीक्षण भएको छ ।

क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना छन् । शनिबार मुलुकभर उपचारका क्रममा रहेका संक्रमितको संख्या ६ हजार २ सय ६ छ ।
उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : १६ बजे

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो

कोप २८ लाई नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको