१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

लियो क्लब अफ बुटवल मेट्रोसिटीद्वारा लिडरसिप अभिमुखीकरण तालिम सम्पन्न



बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटीले लिडरसिप अभिमुखीकरण तथा उद्घोषण तालिम सम्पन्न गरेको छ ।

आफ्ना क्लबका सदस्यहरुको क्षमता विकासका लागि क्लबले सो कार्यक्रम गरेको हो । सामाजिक संघसंस्थामा आवद्ध व्यक्तिहरुको नेतृत्व तथा क्षमता विकास गराउने मुख्य उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मनोज गौतमले बताए ।

क्लबको वार्षिक कार्यक्रम अन्र्तरत यो तालिम राखिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो गोबिन्द बन्जाडेले लियो क्लब अफ बुटवल मेट्रोसिटीले स्थापनाकालदेखि नै निकै महत्वपूर्ण कामहरु गर्दै आएको बताए ।

क्लबले जुनखालको लिडरसिप अभिमुखीकरण तथा उद्घोषण तालिम दिएर क्लबका मेम्वरहरुको क्षमता विकास गर्ने योजना बनायो अगामी दिनमा यस्ता क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह गरे ।

कार्यक्रममा राजिव जंग कुँवर, विनोद सुवेदी, विदुर पौडेल लगायतले मन्तव्य राखेका थिए । क्लवका सचिव मित्रजन भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा लियो गोविन्द बन्जाडे र गोविन्द बस्नेतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ५५ बजे

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले