५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणमा सुरक्षित रहेर विश्व आदिवासी दिवस मनाउन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गरेका छन् ।

२६औँ विश्व आदिवासी दिवसका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिमा हार्दिक शुभकामना व्यक्त गर्दै सुरक्षितसाथ दिवस मनाउन आह्वान गरेका हुन् ।

संसारभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ ।

सन्देशमा प्रधानमन्त्रीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राखी पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

प्रधानमन्त्रीले दशकौं लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि हाम्रो मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हामीले तय गरेको बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको