३१ श्रावण २०८३, आइतबार | August 16, 2026

कोरोना संक्रमणमा सुरक्षित रहेर विश्व आदिवासी दिवस मनाउन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गरेका छन् ।

२६औँ विश्व आदिवासी दिवसका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिमा हार्दिक शुभकामना व्यक्त गर्दै सुरक्षितसाथ दिवस मनाउन आह्वान गरेका हुन् ।

संसारभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ ।

सन्देशमा प्रधानमन्त्रीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राखी पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

प्रधानमन्त्रीले दशकौं लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि हाम्रो मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हामीले तय गरेको बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : १० बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन