४ पुस २०८२, शुक्रबार | December 20, 2025

कालीगण्डकीको कटान निरन्तर, म्याग्दीको बेनीबजार जोखिममा



म्याग्दी । उत्तरी क्षेत्रबाट बगेर आउने कालीगण्डकी नदीको कटानका कारण म्याग्दीको सदरमुकाम बेनीबजार जोखिममा परेको छ ।

कटान रोकथामका लागि किनारमा निर्माण भएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको हो । करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले बजारतर्फ कटान गर्न थालेको छ ।

नदीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको स्थानीय रमेश श्रेष्ठले जानकारी दिए । गत वर्ष रुपाताल एकीकृत संरक्षण परियोजनाले उपभोक्ता समितिमार्फत निर्माण गरेको तटबन्ध भत्काएको हो ।

यसअघि सो ठाउँमा निर्माण भएको पक्की पर्खाल २०७५ भदौ २७ गते रघुगङ्गा नदी थुनिएर आएको बाढीले भत्काएको थियो । गणेशटोलको पछाडिको भागमा कटानको जोखिम बढेको छ ।

तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको जनाउँदै बजारबासी चिन्तित भएका छन् ।

कटान रोकथामका लागि रुपाताल एकीकृत विकास परियोजनासँग समन्वय गरेर संरक्षणको काम शुरु गरिने बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।

कालीपुल क्षेत्रमा कटान भएको ठाउँमा ग्यावियन पर्खाल निर्माणको काम भइरहेको छ ।

यसैबीच बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा बाढीको त्रासमा छन् । बस्तीमाथिको पाखोबाट बाढी आउन थालेपछि सदरमुकाम बेनीको मुख्य बजार क्षेत्र क्याम्पसचोक जोखिममा परेको हो ।

यसअघिका दुई वर्ष रोकिएको बाढी यसपालि आउन थालेपछि त्रास बढेको स्थानीयवासी रवि शर्माले जानकारी दिए । पाखोबाट ढुङ्गा, माटो र काठका टुक्रासहित आउने बाढीले नाली बुझिएर सडकमा निस्कने गरेको छ । नाली फुटेपछि सडक हिलाम्मे हुने, घर र पसलभित्र पसेर सामान नष्ट गर्ने गरेको छ ।

बाढीबाट क्याम्पसचोकका १२७ घरधुरी प्रभावित भएका छन् । बेनी नगरपालिका र विभिन्न निकायबाट ग्यावियन जाली र वृक्षरोपण गरेपछि २०७५ र २०७६ को बर्खामा बाढी आएको थिएन ।

यसपालि दुईपटक बाढी आइसकेको छ । अर्थुङ्गेस्थित सेनाको ब्यारेक तलको घुम्तीबाट सडकको नालीबाट आउने बाढी पाखोमा पहिरो गएपछि आयतन बढेर आएपछि क्याम्पसचोकमा डुबान हुने गरेको छ ।

क्याम्पसचोकको बाढीको व्यवस्थापनका लागि दीर्घकालीन योजनाको आवश्यकता रहेको स्थानीयवासी तथा व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको