२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

जनकपुरधाम उपमहानगरमा एक साताका लागि निषेधाज्ञा थप



जनकपुर । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेसम्म भएकामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जोखिमलाई न्यूनीकरण गर्न निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

सुरक्षा समितिको निर्णयअनुसार पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो, दक्षिणमा बनौली मोड, बसहिया सडकको सोनामति मन्दिर र प्रदेशसभा जाने मोडसम्म साउन ३२ गतेराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सो अवधिमा अत्यावश्यक सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि १२ बजेसम्म निजी क्षेत्रको र दिउँसो २ बजेदेखि ५ बजेसम्म सरकारी क्षेत्रको कारोवार मात्र गर्ने एवं सामाजिक सुरक्षाभत्तासम्बन्धी कार्य शुक्रबार एक दिन मात्र गर्ने निर्णय गरिएको बताए ।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रवाह स्थानीय तहलाई आलोपालो गरी सेवा प्रदान गर्न सम्बन्धित कार्यालयले व्यवस्थापन गरी सोको जानकारी सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ ।

सो अवधिका शान्तिसुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, औषधि, दूध, खाद्य वस्तु, विद्युत्, दमकल, इन्धन, सरसफाइ, सञ्चार, भन्सार, क्वारेन्टिनजस्ता अत्यावश्यक सेवाबाहेक सम्पूर्ण पसल, उद्योग बन्द रहने जनाइएको छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : २९ बजे

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल