१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका, भन्छन : रोकिए दुर्घटना हुन्छ



जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी ३० बैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशंका पुनः व्यक्त गरेका छन ।

जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशंका व्क्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताएका छन ।

‘घोषित मितिको निर्वाचन रोकिएको खण्डमा मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न,’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनको माहौला बनाउने मिडियाले हो, अहिलेसम्म मिडियाले माहौल बनाएको छ, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।’

स्थानिय तहको निर्वाचन आउन २७ दिन बाँकी रहदाँ प्रमुख आयुक्तले निर्वाचन रोकिए दुर्घटनामा पर्ने निरन्तर अभिब्यक्ति दिईरहेका छन । गत साता पनि बिराटनगरमा निर्वाचन स्थगित गर्न नहुने तथा स्थगित भएमा मुलुक दुर्घटनामा जाने अभिब्यक्ति दिएका थिए । प्रमुख आयुक्तका अभिव्यक्तिलाई राजनीतिक बिश्लेषकहरुले गम्भीर रुपमा हेरिरहेका छन ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ३६ बजे

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

मुस्ताङ । उत्तर-दक्षिण जोेड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा

प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दा गर्ने महिला पक्राउ

नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दामा

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडियो

नवलपुर । आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

नेपालगन्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी, छ वटा खेल सञ्चालन गर्न सकिने

नेपालगन्ज । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज