१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

चक्रपथ विस्तार गर्दा स्वयम्भूको बुद्ध पार्क व्यवस्थापनमा सहमति



काठमाडौं । चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आइतबार सहमति जुटेको छ ।

काठमाडौ‌ं कामपाका प्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो ।

बुद्धपार्क (स्वयम्भू पश्चिम) का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ । सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले रिटेनिङ वाल लगाउने काम तत्काल थाल्ने गरी सहमति भएको छ ।

सडक विस्तारका क्रममा भत्काउनु पर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन् । सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनःस्थापना गर्ने कामलाई दोस्रो चरणमा गरिनेछ ।

चक्रपथ विस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको प्रमुख शाक्यको भनाइ छ ।

सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकूल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाइएको प्रमुख शाक्यले बताए । उनले भने, ‘आफ्नो जिम्मामा भएका कामलाई तत्काल गर्ने र अन्य निकायको जिम्मामा भएका काममा समन्वय गरेर काठमाडौंको समृद्धि बढाउँदै गएका छौँ ।

यसका लागि स्थानीय धार्मिक, सामाजिक सङ्घसंस्था तथा स्थानीयवासीको ठूलो सहयोग पाएका छौँ ।’ प्रवक्ता डङ्गोलका अनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक विस्तारमा सहयोग गर्ने निर्णय भएको छ ।

प्रतिवेदनमा रिटेनिङ वाल, दुई वटा प्रवेशद्वार, स्तूप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ३५ बजे

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

म्याग्दी । बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत्

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६०

यु-१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।