१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ



काठमाडौं । प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउन पर्नेमा भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीप चन्द्र राय छन् ।

मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रायले सोमबार राति  १०स्३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई बिर्तामोड नगरपालिका–५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।

सो घटनाबारे खबर प्राप्त हुनासाथ घटनास्थल पुगेर प्रहरी टोलील रायलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा घाइते रविना मगरको हाल मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ३६ बजे

चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन

कांग्रेस महाधिवेशन असोज १८ गतेबाट, काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई

चोलेन्द्र पक्राउ प्रकरण : एसएसपी खड्का बयान दिन आयोगमा, गृहमन्त्री र आइजीपीलाई बोलाउने तयारी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ बारे बयान दिन उपत्यका

बुटवलका विपद् प्रभावित पाँच घरपरिवारलाई तीन महिनासम्म मासिक १५ हजार राहत

बुटवल । बुटवल उपमहानगरपालिकाले विपद्का कारण घरमा पूर्ण तथा आंशिक