२६ आश्विन २०८३, सोमबार | October 12, 2026

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ



काठमाडौं । प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउन पर्नेमा भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीप चन्द्र राय छन् ।

मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रायले सोमबार राति  १०स्३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई बिर्तामोड नगरपालिका–५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।

सो घटनाबारे खबर प्राप्त हुनासाथ घटनास्थल पुगेर प्रहरी टोलील रायलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा घाइते रविना मगरको हाल मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ३६ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई