२६ आश्विन २०८३, सोमबार | October 12, 2026

होटल डायमण्ड प्यालेसबाट ठुलो परिमाणको ब्राउनसुगरसहित ३ भारतीय पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगन्ज २ स्थित सुर्खेतरोडमा रहेको होटल डाईमण्ड प्यालेस अन्तर्गतको डी अपर डेस्क रेष्टुरेन्टबाट ८०८ ग्राम लागूऔषध ब्राउनसुगर सहित ३ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

रेष्टुरेन्टमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलिले छापा मारेर भारत बहराईच उत्तर प्रदेश नानपाराका २१ वर्षिय रिजवान अहमद ईदरीशी, १८ वर्षिय माज अहमद र २६ वर्षिय रफत खानलाई ब्राउसुगरसहित पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए ।

उनीहरुबाट २ थान मोबाइल र भारतीय नम्बर प्लेटको स्कुटर बरामद भएको डीएसपी राठौरले बताए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ११ : ०४ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा