१४ आश्विन २०८३, बुधबार | September 30, 2026

होटल डायमण्ड प्यालेसबाट ठुलो परिमाणको ब्राउनसुगरसहित ३ भारतीय पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगन्ज २ स्थित सुर्खेतरोडमा रहेको होटल डाईमण्ड प्यालेस अन्तर्गतको डी अपर डेस्क रेष्टुरेन्टबाट ८०८ ग्राम लागूऔषध ब्राउनसुगर सहित ३ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

रेष्टुरेन्टमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलिले छापा मारेर भारत बहराईच उत्तर प्रदेश नानपाराका २१ वर्षिय रिजवान अहमद ईदरीशी, १८ वर्षिय माज अहमद र २६ वर्षिय रफत खानलाई ब्राउसुगरसहित पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए ।

उनीहरुबाट २ थान मोबाइल र भारतीय नम्बर प्लेटको स्कुटर बरामद भएको डीएसपी राठौरले बताए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ११ : ०४ बजे

होटल डायमण्ड प्यालेसबाट ठुलो परिमाणको ब्राउनसुगरसहित ३ भारतीय पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर सहित

भारतबाट मूल्य बढेर आएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा