४ पुस २०८२, शुक्रबार | December 20, 2025

वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, पर्सामा मात्रै मृतकको संख्या १८ पुग्यो



वीरगन्ज । कोरोना भाइरसको संक्रमणको कारण वीरगन्जमा थप जनाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा शनिबार राति ती महिलाको मृत्यु भएको थियो ।

मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उच्च रक्तचाप र थाइराइडको बिरामी रहेकी ती महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो । तर, गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए ।

यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
पर्साका कुनै पनि अस्पतालले कोरोनाको जस्तो लक्षण देखिएका बिरामीहरुलाई भर्ना नगर्ने प्रवति बढेका कारण धेरै बिरामीले अन्तिम अवस्थमा मात्र कोरोना विशेष अस्प्ताल पुगि ज्यान गुमाउन थालेका छन् ।

समुदायमै कोरोना संक्रमण फैलिएपछि वीरगन्ज महानगरमा विगत दुई सातादेखि निषेधाज्ञा जारी छ । तर, गम्भीर अवस्थाका कोरोना संक्रमितको संख्या भने घट्न सकेको छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको