७ आश्विन २०८३, बुधबार | September 23, 2026

वीरगन्जमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, पर्सामा मात्रै मृतकको संख्या १८ पुग्यो



वीरगन्ज । कोरोना भाइरसको संक्रमणको कारण वीरगन्जमा थप जनाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा शनिबार राति ती महिलाको मृत्यु भएको थियो ।

मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उच्च रक्तचाप र थाइराइडको बिरामी रहेकी ती महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो । तर, गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए ।

यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
पर्साका कुनै पनि अस्पतालले कोरोनाको जस्तो लक्षण देखिएका बिरामीहरुलाई भर्ना नगर्ने प्रवति बढेका कारण धेरै बिरामीले अन्तिम अवस्थमा मात्र कोरोना विशेष अस्प्ताल पुगि ज्यान गुमाउन थालेका छन् ।

समुदायमै कोरोना संक्रमण फैलिएपछि वीरगन्ज महानगरमा विगत दुई सातादेखि निषेधाज्ञा जारी छ । तर, गम्भीर अवस्थाका कोरोना संक्रमितको संख्या भने घट्न सकेको छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई