४ पुस २०८२, शुक्रबार | December 20, 2025

निषेधाज्ञा उल्लंघन गर्दै वीरगन्जमा नेवि संघको प्रदर्शन



वीरगन्ज । जनताको स्वास्थ्यमा लापरवाही गरेको आरोप लगाउँदै नेपाली काँग्रेसको भातृ संगठन नेवि संघले वीरगन्जमा प्रदर्शन गरेको छ ।

कारोना महामारीको हट स्पट बनेको वीरगन्जमा नेवि संघका कार्यकर्ताहरुले निषेधाज्ञाकै बीचमा जिल्ला प्रशासन कार्यालय अगाडि समुह बनाएर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । नेवि संघका दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितबरबितर पार्न लाठीचार्ज गरेको थियो ।

आम सर्वसाधारणले उपचार सेवा नभएर अकालमै मर्नुपरेको भन्दै नेवि संघले जनस्वास्थ्यमा लापरवाही गर्नेहरुलाई कारवाहीको माग गरेको छ ।

अस्पतालहरुले भर्ना लिन नमानेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिनुपर्ने, दोषी अस्पताललाई कडा कारवाही गर्नुपर्ने नेवि संघको माग रहेको छ ।

कोरोनाको भयावह अवस्थालाई सामान्य बनाउन चिकित्सक स्वास्थ्यकर्मीहरुलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग पनि प्रदर्शनका क्रममा गरिएको छ ।

तर, यसरी समुह बनाएर प्रदर्शनमा उत्रिँदा कोरोना महामारी फैलिन डर झन बढ्न सक्ने भन्दै प्रशासनको चिन्ता रहेको छ ।
वीरगन्जमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । संक्रमितहरु बढ्दै गर्दा नारायणी अस्पतालका चिकित्सकहरुले अन्य रोगका बिरामीलाई उपचार दिन नक्ने बताएका छन् ।

कोरोना भाइरसकै कारण अहिलेसम्म पर्सामा १८ जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको