२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

जनकपुरमा आइतबार मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि



जनकपुरधाम । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको थियो । उनको आइतबार नै दाहसंस्कार गरिसकिएको छ ।

त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए ।

पछिल्लो तथ्यांक अनुसार देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ३ : ३२ बजे

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल