४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा थपिए १६ नयाँ संक्रमित, वडा प्रहरी कार्यालयका अधिकांस प्रहरी संक्रमित



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा १६ जना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ जना चिकित्सक, ३ जना प्रहरी, ८ जना नेपालगन्ज उपमहानगरका स्थानीयबासी र ३ जना डुडुवाका स्थानीयबासीमा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका चिकित्सकहरु नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सक हुन् भने संक्रमित हुने प्रहरीहरु वडा प्रहरी कार्यालय नेपालगन्जका कार्यरत प्रहरी हुन् ।

सोमबारसम्ममा नेपालगन्जका ८ जना स्थानीयबासीमा कोरोना देखिएको छ । भेरी अस्पतालको रिपोर्टमा ३ जना डुडुवाका स्थानीयमा पनि संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा दाङका १ जना, कैलालीका २ जना र बर्दियाका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा परीक्षण गरिएको स्वावमा अहिले सम्ममा ११०५ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा संक्रमणको क्रम नरोकिएपछि हाल नेपालगन्ज उपमहानगरका अधिकांस स्थान सिल गरिएको छ भने जिल्लामा स्थानीय प्रशासनको निषेधाज्ञा जारी छ ।

देखिएका संक्रमितमा केहिको अवस्था गम्भिर रहेको बाँकेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको