७ आश्विन २०८३, बुधबार | September 23, 2026

डोटीमा घर भत्किदा एकै परिवारका चारजनाको मृत्यु



डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककनीका नुगे लुहारको ढुंगा माटोले बनेको तीन तले घर भत्किँदा चारजनाको ज्यान गएको डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा नुगेकी ३५ वर्षकी श्रीमती विष्णा लुहार, उनका ११ वर्षका छोरा पारस लुहार तथा छोरीहरु सात वर्षकी निरु लुहार र चार वर्षकी जेनिसा लुहार रहेको डिएसपी मल्लले जानकारी दिएका छन् ।

घाइते हुनेमा नुगेसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र उपचारका लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।

लगातार वर्षा भएको र ढुंगा–माटोको गारो युक्त पुरानो घर रातिमा भत्किएकाले क्षति ठूलो भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : १० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई