४ पुस २०८२, शुक्रबार | December 20, 2025

गैर आवासीय नेपाली संघद्वारा संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड, ३ लाख २० हजार ६१४ जना आवेदकले सेयर पाए



काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ साउन २७ गते मंगलबार  बाँडफाँड गरेको छ । ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले मंगलबार सेयर बाँडफाँड गरेको हो । सेयरको लागि कुल ४ लाख १७ हजार ९५८ जना आवेदकले सेयर आवेदन गरेका थिए ।

जसमा ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन भने ९७ हजार ३४४ जना आवेदकको हात खाली भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकितका दरले करिब ३४ करोड रुपैंया बराबरको कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको थियो भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरूका लागि छुट्टाएको थियो ।

यस्तै बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । साधारण सेयरको लागि ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको थियो जसमा १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। यो माग भन्दा ५.२४ गुणा बढी हो ।

सेयरको माग हेर्दा कम्पनी गैर आवासीय नेपाली संघबाट संचालित भएको हुनाले लगानीकर्ता आकर्षित भएको बुझिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको