४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा थपिए २६ नयाँ संक्रमित, जिल्लाका अधिकांस अस्पतालका मुख्य विभाग सिल, सर्वसाधारणलाई सास्ती



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टामा बाँकेका २६ जना सहित ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेले आज सार्वजानिक गरेको संक्रमितको बिवरणमा बाँकेका २६ सहित ५६ जना नयाँ संक्रमित थपिएको जनाईएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका १६ जना, कोहलपुरका ५ जना, जानकी गाँउपालिका १, राप्ती सोनारीका १ तथा पालिका नखुलेका बाँकेका ३ जना सहित २६ जनामा संक्रमण पुष्टि भएको छ ।

अन्य ३० जना संक्रमितमा अधिकांस कर्मचारी रहेको बताईएको छ ।

आज थपिएका संक्रमितहरुमा अधिकांस राष्ट्रसेवक कर्मचारी रहेको बताईएको छ । बाँकेमा कार्यरत कर्मचारी तथा केहि जिल्ला बाहिरका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कारोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

कर्मचारीको वास्तबिक संख्या भने स्वास्थ्य कार्यालयले अझै खुलाएको छैन । बाँकेमा सोमबार मात्र १६ जना संक्रमित थपिनुका साथै २ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

अस्पताल परिषरमा धमाधम् कोरोना देखिएपछि बाँकेका अधिकांस अस्पतालहरु सिल गरिएका छन् । अस्पतालका मुख्य बिभागहरु सिल गरिंदा दैनिक उपचारका लागि आउने अन्य रोगका बिरामीहरुलाई सास्ती भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ०८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज