१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

लगातारको वर्षापछि मैमत्त कर्णाली : झोलुंगे पुल माथिबाटै बहन थाल्यो नदीको पानी



बाजुरा । बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगमा रहेको कर्णाली नदीको झोलुङ्गे पुलमाथिबाट नदीको पानी बहन थालेको छ ।

लगातारको वर्षापछि नदीमा बढेको पानीको बहाव पुलमाथि पुगेको हो । पुलमाथि पानी बग्न थालेपछि नदी आरपारको अवस्था बन्द भएको स्थानीय रामलला कार्कीले बताएका छन् ।

‘नदीमा पानीको अत्यधिक बहाव बढेपछि पुलको दुबैतिर रहेको पिलर समेत भत्कने अवस्थामा पुगेको छ’, कार्कीले भने, ‘पुल भन्दा माथिनै पानी पुगेपछि आवतजावतमा निकै समस्या भएको छ ।’

यो पुल स्वामीकार्तिक गाँउपालिका जाने मुख्य पुल हो । दैनिक चार पाँच सय भन्दा बढि मानिस र दैनिक उपभोग्य सामान बोकेका खच्चरले पुलको प्रयोग गर्ने गरेका छन् ।

चार दिन यता पुलमाथिबाटै नदीको बहाव बग्न थालेपछि समस्या भएको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

कर्णाली नदीमा रहेका आधा दर्जनौ पुल निकै जोखिममा रहेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्थानीयबासी भरत रोकायाले बताएका छन ।

बाजुरा जिल्लामा रहेका विभिन्न स्थानीय तहका दर्जनौं झोलुङ्गे पुल समेत बनाएका छन् ।

यता साफेँ–मार्तडी सडकखण्डमा पर्ने ताप्रिसेरा–घटेखोला पक्कि पुल र जडाङाको वेलिव्रज पुल अत्यधिक वर्षाका कारण नदीको बहाब बढेपछि भत्काएको छ ।

अहिले जिल्ला सदरमुकाम लगाएत जिल्लाको पूर्वीउत्तरी भेगमा बसोबास गर्ने बासिन्दालाई आवतजावतमा निकै कठिनाई भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

जडाङ वेलिव्रज पुल तत्काल बने संभावना नरहेकाले बाजुराबासीले अब केही महिना सास्ती बेहोर्नुपर्ने भएको भन्दै प्रमुख जिल्ला अधिकारी गैरेले यसबारे माथिल्लो निकायमा रिपोर्टिङ गराइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : १० बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट