१४ आश्विन २०८०, आइतबार | October 1, 2023

स्वास्थ्यमन्त्री ढकालको प्राथना, – ‘सरकारको आलोचना गर्नेहरुको मति बिग्रिएको छ, सदबुद्धी पलाओस’



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति बिग्रिएको भन्दै सप्रिनका लागि शुभकामना दिएका छन् ।

मंगलबार थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकााले मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिएका हुन् ।

ढकालले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको आरोप लगाए ।

उनले भने, ‘आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोस भन्ने शुभकामना दिन चाहन्छु । चाहे ति मेरा घरभित्र बसेका हुन चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् ।’

सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पु¥याउन नसक्ने उनले दाबी गरे ।

मन्त्री ढकाालले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरि पनि खेल्न सकिने भन्दै सरकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्ष पछि नै सत्ताको खेलमा लाग्न समेत उनले सुझाव दिए ।

‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि खेल्न सकिन्छ’, उनले भने, ‘पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरीपनि केही विग्रिदैन ।’

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताउनुभएको छ । संक्रमणको अवस्था समुदाय स्तरमा देखिएपनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए ।

अन्य मुलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको मन्त्री ढकालले दाबी गरे । महामारीको अप्ठेरोको यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गरे ।

स्वास्थ्यमन्त्री ढकालले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताउँदै अहिले सरकारले व्यवहारले नै त्यसको जवाफ दिएको दाबी गरे ।

कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको भन्दै उनले अहिले सम्म पीपीई र पीसीआरको गीत बिक्न छाडेपछि औषधि र भेन्टिलेटरको गीत सुरु भएको बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ०० बजे

मूल्यवृद्धिको विरोधमा रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा रहेका दलहरुको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा

१९ औं एसियाली खेलकुद : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी