१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने



काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गर्ने भएको हो।

प्रतिशेयर १०० अंकितका दरले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सेयर जारी गर्न लागेको हो ।

आवेदनकर्ताले प्रतिकित्ता १०० अंकितका दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते हुनेछ।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहको देखाउँछ ।

यस्तै कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ लागत रहेको छ। त्यसैगरी, कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको कम्पनीले जनाएको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ।

कम्पनीले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड तोकेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ०३ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम