३१ असार २०८३, बुधबार | July 16, 2026

अस्पताल स्थापनाको पाँच दशकपछि पहिलो पटक शववाहन ल्याइयो



महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पहिलोपटक शववाहन ल्याइएको छ । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल स्थापनाको झण्डै साढे पाँच दशकपछि शववाहन भित्र्याइएको हो ।

जिल्लामा यसअघि शववाहन नहुँदा ट्रक, ट्र्याक्टरलगायतका सवारी साधनमा शव दाहसंस्कारका लागि लैजाने गरिँदै आएको थियो । “अब शव व्यवस्थापनका लागि शववाहन आउँदा सहज हुने भएको छ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “शववाहन प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त भएको हो ।”

महाकाली अस्पतालमा पछिल्लो समय आन्तरिक सुधारमा निकै जोड दिइएको भन्दै अध्यक्ष जोशीले चिकित्सक लगायत अन्य स्वास्थ्य सुधारका लागि पनि लागिपरेको बताए । “केही समय यता विभिन्न शल्यक्रिया पनि हुँदैछन्”, उनले भने, “बिरामीको सेवाका लागि आवश्यक स्वास्थ्य उपकरण पनि थपिँदै गएका छन् ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले निर्देशनालयले स्वास्थ्य तथा व्यवस्थापन केन्द्रको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरलाई गरी दुई वटा शववाहन उपलब्ध गराएको जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ५२ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही