८ आश्विन २०८०, सोमबार | September 25, 2023

कोरोना विरुद्धको खोप तयार पारेको रुसको दाबी, राष्ट्रपति पुटिनकी छोरीले पनि लगाइन खोप



रुसले कोरोना भाइरस विरुद्ध खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरविरुद्ध प्रभावकारी खोप तयार पारेको दाबी गरेका छन् ।

मंगलबार मस्कोमा मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भनेका छन्, ‘आज बिहान भाइरस विरुद्ध पहिलो भ्याक्सिनलाई रजिष्टर गरिएको छ ।’

पुटिनले यो खोप दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षित रहेको दाबी गरेका छन् ।

यो खोपलाई रुसको स्वास्थ्यमन्त्रालयले प्रमाणित गरेको छ । रुसमा ठूलो संख्यामा कोरोना संक्रमितलाई यो खोप लगाउन थालिएको छ ।

यद्यपी, रुसले जति धेरै तिब्र गतिमा कोरोना विरुद्धको खोपमा सफलता हासिल गरेको भनिएको छ, त्यसलाई देखेर बाँकी वैज्ञानिकरुले चिन्ता पनि व्यक्त गरेका छन् ।

तर, राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै मस्कोको गेमालेया इस्टिच्यूटमा विकसित गरिएको यो खोप पुरै सुरक्षित भएको दाबी गरेका छन् । उनले यो खोप आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।

पुटिनले भनेका छन्, ‘देशमा बनेको खोप प्रभावकारी हुनेछ । यसले इम्यून सिस्टमलाई मजबुत बनाउने छ । म फेरि पनि दोहो¥याएर भन्छु कि यो खोपले सबै सुरक्षा मापदण्डमा खरो उत्रिएको छ ।’

चीनमा पनि अन्तिम ट्रयाल
चीनको सिनोभ्याक बायोटेक लिमिटेडले मंगलबार नै कोभिड १९ खोप मानिसमाथि ट्रयालको अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो खोपको ट्रायल इन्डोनेशियामा १६२० जना व्यक्तिमाथि गरिँदैछ ।  यो खोप इन्डोनेशिया की सरकारी कम्पनी बायो फर्मासँग मिलेर बनाईंदै छ ।

यसअघि सोमबार सिनोभ्याकले ट्रयालको दोस्रो चरणमा खोप सुरक्षित भएको र बिरामीमा एन्टीबडीमा आधारित इन्मुन रेस्पोन्स मिलेको जनाएको थियो ।

कोरोनाव्याक नामको यो खोप ती प्रभावकारी खोपमध्ये एक हो जो परीक्षणको अन्तिम चरणमा पुगेको छ । सिनोभ्याक अन्तिम परीक्षणको अध्ययनमा देखिने असरको प्रमाण जुटाउने काममा अहिले लागेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ११ बजे

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न

खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको

PM Prachanda’s China visit: 12 different agreements, one MoU signed

Beijing: Nepal and China have signed 12 different agreements and

PM Prachanda pays tribute to late Mao Zedong in Tiananmen Square

Beijing: Prime Minister Pushpa Kamal Dahal Prachanda paid his respect