२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

कोरोना विरुद्धको खोप तयार पारेको रुसको दाबी, राष्ट्रपति पुटिनकी छोरीले पनि लगाइन खोप



रुसले कोरोना भाइरस विरुद्ध खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरविरुद्ध प्रभावकारी खोप तयार पारेको दाबी गरेका छन् ।

मंगलबार मस्कोमा मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भनेका छन्, ‘आज बिहान भाइरस विरुद्ध पहिलो भ्याक्सिनलाई रजिष्टर गरिएको छ ।’

पुटिनले यो खोप दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षित रहेको दाबी गरेका छन् ।

यो खोपलाई रुसको स्वास्थ्यमन्त्रालयले प्रमाणित गरेको छ । रुसमा ठूलो संख्यामा कोरोना संक्रमितलाई यो खोप लगाउन थालिएको छ ।

यद्यपी, रुसले जति धेरै तिब्र गतिमा कोरोना विरुद्धको खोपमा सफलता हासिल गरेको भनिएको छ, त्यसलाई देखेर बाँकी वैज्ञानिकरुले चिन्ता पनि व्यक्त गरेका छन् ।

तर, राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै मस्कोको गेमालेया इस्टिच्यूटमा विकसित गरिएको यो खोप पुरै सुरक्षित भएको दाबी गरेका छन् । उनले यो खोप आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।

पुटिनले भनेका छन्, ‘देशमा बनेको खोप प्रभावकारी हुनेछ । यसले इम्यून सिस्टमलाई मजबुत बनाउने छ । म फेरि पनि दोहो¥याएर भन्छु कि यो खोपले सबै सुरक्षा मापदण्डमा खरो उत्रिएको छ ।’

चीनमा पनि अन्तिम ट्रयाल
चीनको सिनोभ्याक बायोटेक लिमिटेडले मंगलबार नै कोभिड १९ खोप मानिसमाथि ट्रयालको अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो खोपको ट्रायल इन्डोनेशियामा १६२० जना व्यक्तिमाथि गरिँदैछ ।  यो खोप इन्डोनेशिया की सरकारी कम्पनी बायो फर्मासँग मिलेर बनाईंदै छ ।

यसअघि सोमबार सिनोभ्याकले ट्रयालको दोस्रो चरणमा खोप सुरक्षित भएको र बिरामीमा एन्टीबडीमा आधारित इन्मुन रेस्पोन्स मिलेको जनाएको थियो ।

कोरोनाव्याक नामको यो खोप ती प्रभावकारी खोपमध्ये एक हो जो परीक्षणको अन्तिम चरणमा पुगेको छ । सिनोभ्याक अन्तिम परीक्षणको अध्ययनमा देखिने असरको प्रमाण जुटाउने काममा अहिले लागेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ११ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला