४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट : कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो रिपोर्ट अनुसार सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका वडा नं. ४ निवासी एक जना वृद्धको साउन २२ गते निधन भएको छ ।

मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगन्जमा उपचार गराउँदा गराउँदै ८६ वर्षीय ती वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

यस्तै, काभ्रेको पाँचखाल नगरपालिका निवासी एक महिलाको ललितपुरको किस्ट अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यसैगरी धनुषामा साउन २५ र २६ गते गरी दुई जनाको मृत्यु भएको छ । धनुषाको मृत्युको समाचार यसअघि नै सार्वजनिक भैसके पनि स्वास्थ्य मन्त्रालयले भने आजमात्रै पुष्टि गरेको हो ।

धनुषाको विदेह नगरापालिकामा बस्ने ६० वर्षीय पुरुषको २६ गते राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । यस्तै, धनुषाकै मिथिला बिहारी नगरपालिका वडा नंं ५ का एक व्यक्तिको साउनन २५ गते मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको